संसद्

राष्ट्रियसभाको बैठक बस्दै

इकागज |
असार २२, २०८० शुक्रबार ६:४९ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रियसभाको बैठक बस्दैछ । 

संघीय संसद्‌ भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १२:३१ बजे बोलाइएको छ । 


संघीय संसद्‌ सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार शुक्रवारको बैठकमा बिनियोजन विधेयक २०८० माथी मन्त्रालयगत रुपमा छलफल हुनेछ । जसअनुसार आजको बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयलाई छुटाइएको बजेटमाथि छलफल हुनेछ । 

सो अघि उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले ‘विद्युतीय ब्यापार विधेयक २०८० सभा समक्ष पेश गर्नेछन् ।


Author

थप समाचार
x