संसद्

भोलिसम्म सहमति गर्नुहोस्, आजको बैठक सूचना टाँसेर स्थगित गरौं : सभामुख घिमिरे

इकागज |
असार २२, २०८० शुक्रबार १५:१८ बजे

फाइल तस्बिर

काठमाडौँ- संघीय संसदका सभामुख देवराज घिमिरेले शनिबारसम्म सहमति कायम गरेर प्रतिनिधिसभा बैठक चल्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका छन् ।

शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले भने, 'सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्नुहोला । संसद् अवरुद्ध हुँदा विधेयक (खासगरी मिटरब्याज सम्बन्धी) निष्क्रिय हुनु राम्रो होइन । तपाईंहरू एउटा निष्कर्षमा पुग्नैपर्छ । त्यसका लागि सहजीकरण गर्न म तयार छु । पर्सीसम्ममा सहमति गर्नुहोला । आजको बैठक सूचना टाँसेर स्थगित गरौं ।'


प्रधानमन्त्रीको राजीनामा मागेर एमालेले सदन अवरुद्ध गर्दै आएकाले सभामुख घिमिरेले सो आग्रह गरेका हुन् । 


Author

थप समाचार
x