संसद्

पीडितहरूले समयमा नै न्याय नपाउने अवस्था बन्याे : भगवती न्यौपाने

इकागज |
असार २६, २०८० मंगलबार १४:३६ बजे

काठमाडौँ- ​राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले देशमा पीडितहरूले समयमा नै न्याय नपाउने अवस्था बनेको बताएकी छिन् ।​

मंगलबार राष्ट्रियसभा बैठकमा विनियोजित बजेटका विभिन्न शीर्षकमाथिको छलफलका क्रममा न्यौपानेले वर्षौंदेखि अदालतमा रहेका मुद्दाहरूको किनारा नलागेको र पीडितहरूले समयमा नै न्याय नपाउने अवस्था बनेको बताएकी हुन् । उनले पहुँच हुनेले मात्र न्याय पाउने अवस्था रहेको भन्दै यसलाई अन्त्य गर्न सरकार र कानुन मन्त्रालय उदासीन रहेको उल्लेख गरिन् ।


सर्वोच्चमा न्यायाधीश नियुक्त गर्ने विषयका कानुन मन्त्रालयले ढिलासुस्ती गरिरहेको उनले आरोप लगाइन् । न्यौपानेले मुलुकमा धेरै परिवर्तन भए पनि कतिपय कानुन पञ्चायतकालदेखिकै रहेकाले समयानुकूल नयाँ कानुनहरू ल्याउनुपर्ने बताइन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय कानुन बनाउने कुरामा समेत उदासीन देखिएकाले खर्च कटौतीको प्रस्ताव राखेको उनकाे भनाइ छ ।


Author

थप समाचार
x