संसद्

ठगी गर्ने सहकारीलाई कारबाही गरिन्छ : मन्त्री श्रेष्ठ

इकागज |
असार २८, २०८० बिहीबार १५:२५ बजे

काठमाडाैँ– भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सरकारले ठगी गर्ने सहकारीहरूलाई प्रचलित कानुन अनुसार कारबाही गरिने बताएकी छिन् । 

बिहीबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएकी हुन् । उनले सरकारले ठगी गर्ने सहकारीहरूको अनुगमन र जाँचबुझ गरी प्रचलित कानुन अनुसार कारबाही प्रक्रिया जारी रहेको बताइन् ।


मन्त्री श्रेष्ठले सरकारले ४९ जिल्लामा गरिब घरपरिवार पहिचान गरी ६ लाख १५ हजार ६१ वटा गरिब परिचय पत्र वितरण कार्य सम्पन्न भएको बताइन् । उनले १५ वटा जिल्लामा गुनासो सुनुवाइको कार्यक्रम भइरहेको र १३ वटा जिल्लाहरूको तथ्याङ्क विश्लेषण गर्ने कार्य भइरहेको जानकारी गराइन् । 

‘सहकारी ठगी गर्नेलाई प्रचलित कानुन बमोजिम जाँचबुझ गरी कारबाहीको प्रक्रिया अघि बढाएका छौँ,' उनले भनिन्, 'मन्त्रालयले हालसम्म ४९ जिल्लामा गरिब घरपरिवार पहिचान गरी ६ लाख १५ हजार ६१ वटा गरिब परिचय पत्र वितरण कार्य सम्पन्न गरेकाे छ ।

श्रेष्ठका अनुसार हाल १५ वटा जिल्लामा गुनासो सुनुवाइको कार्यक्रम भइरहेको र १३ वटा जिल्लाहरूको तथ्याङ्क विश्लेषण गर्ने कार्य भइरहेको छ । उनले थपिन्, 'आर्थिक वर्ष २०८०/८१ भित्र सबै जिल्लामा गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण गर्ने गरी कार्यक्रम अघि बढाउँछाैं । 
 ।’

उनले आर्थिक वर्ष २०८०/८१ भित्र सबै जिल्लामा गरी गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण गरिसक्ने बताइन् ।


Author

थप समाचार
x