संसद्

मिटरब्याजसम्बन्धी विधेयक तत्काल सदनमा नल्याए संसद् अवरुद्ध गर्ने रास्वपाकाे चेतावनी

इकागज |
असार २९, २०८० शुक्रबार १४:३८ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले मिटरब्याजसम्बन्धी विधेयक तत्काल सदनमा नल्याए संसद् अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा सभापति लामिछानेले मिटरब्याजबाट पीडित नागरिकको पक्षमा आफूरहेको भन्दै मिटरब्याजसम्बन्धी विधेयक तत्काल सदनमा नल्याए संसद् अवरुद्ध गर्ने चेतावनी दिए ।


शून्यमा गएको उक्त विधेयकलाई ब्यूँताएर आगामी बैठकमा कार्यसूचीमा नराखे रास्वपा सदन चल्न नदिने पक्षमा उभिने उनले बताए । उनले मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयकलाई फास्ट ट्रयाकमा पारित गर्नका लागि रास्वपा तयार रहेको पनि बताए ।

लामिछानेले सत्तापक्षका केही दलहरूका कारण मिटरब्याजसम्बन्धी कानुनलाई रोक्न खोजिएको चर्चा चलिएको भन्दै यसको पक्षमा र विपक्षमा को छन् भन्ने बुझ्नुपर्ने जिकिर गरे ।

सरकारले ल्याएको मिटरब्याजसम्बन्धी अध्यादेश अन्तिम समयमा सदनमा पेस गरिएको थियो । तर, सदन अवरुद्ध हुँदा उक्त अध्यादेश निष्क्रिय भएको थियो । 


Author

थप समाचार
x