संसद्

लम्की स्किनबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

इकागज |
असार २९, २०८० शुक्रबार १५:१० बजे

काठमाडौँ- सभामुख देवराज घिमिरेले पशुचौपायमा महामारीका रूपमा देखिएको लम्की स्किन रोगको नियन्त्रणसहितका विषयमा सदनलाई जानकारी गराउन सरकारको नाम रुलिङ जारी गरेका छन् । 

प्रतिनिधिसभा बैठकमा सांसदहरूले लगातार लम्की स्किनबारे सरकारको ध्यानाकर्षण गराउँदै सदनलाई जानकारी गराउन माग गर्दै आएका थिए । 


शुक्रबार पनि लम्की स्किनबारे सांसदहरूले कुरा उठाएपछि सभामुख घिमिरेले लम्की स्किन रोगको नियन्त्रणको तयारीसहितका विषयमा सदनलाई जानकारी गराउन सम्बन्धित मन्त्रीलाई रुलिङ गरेका हुन् । 


Author

थप समाचार
x