संसद्

‘विधेयक आफू नल्याउने अनि दोष प्रतिपक्षको थाप्लामा हाल्ने ?’

इकागज |
असार २९, २०८० शुक्रबार १५:४२ बजे

काठमाडौँ– नेकपा एमालेका सांसद रघुजी पन्तले मिटरब्याजसम्बन्धी विधेयक संसदमा नल्याएकोमा विरोध जनाएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद पन्तले सरकारले एमालेका कारण विधेयक पास भएन भनेर भ्रम फैलाउँदै हिँडेको, तर सदन निर्वाध चल्दा विधेयक नल्याएको बताए । 

‘एमालेको अवरोधका कारण विधेयक पास भएन भन्दै हिँड्नुभएको थियो । आज हामीले हाउस रोकेका छैनौँ, तर विधेयक छैन,’ उनले भने, ‘विधेयक आफू नल्याउने अनि दोष प्रतिपक्षको थाप्लामा हाल्ने ?’


उनले यो स्वाभाविक नभएको बताए । 

मिटरब्याजसम्बन्धी विधेयक संसदमा ल्याउन नसक्नुकाे कारणबारे प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने उनको भनाइ छ । 


 


Author

थप समाचार
x