जातीयताको नाममा राजनीति गरेर लासको सिँढी बनाइयो : सांसद ज्ञानेन्द्र शाही
काठमाडौँ– सांसद ज्ञानबहादुर शाहीले जातीयताको नाममा राजनीति गरेर दलितहरूका लासलाई राजनीति गर्ने सिँढी बनाएर सत्ताको मुखमा कहिल्यै नल्याएको आरोप लगाएका छन् ।
शुक्रबारको प्रतिनिधिसभाको शून्य समयमा जुम्लाको भर्खर घटेकाे घटना र रुकुमको घटनालाई जिकिर गर्दै उनले यस्तो बताएका हुन् । देशमा जातीय भेदभावविरुद्ध विभिन्न आन्दोलन भए पनि सो अनुसार देश नचलेको सांसद शाहीले सदनमा गुनासो गरेका छन् ।
सांसद शाहीले भने, ‘जातीयताको नाममा र लासको सिँढीमा राजनीति गरिएको छ । त्यो समुदायका मान्छेलाई किन प्रधानमन्त्री बनाइँदैन ? यो देशमा मरिचमान सिंह श्रेष्ठ मात्रै जनजातिका प्रधानमन्त्री हुनुभएको छ ।’
उनले थपे, ‘यो जातीय विभेद विरुद्धको आन्दोलन तबमात्रै सफल हुन्छ जब त्यो समुदायका व्यक्तिलाई कार्यकारी पद दिइन्छ । यहाँ अर्काको सिँढी चढेर हुँदैन ।’
साथै, सदनमा बोल्दै उनले कुनै पनि वर्ग उत्थानका लागी सोही वर्गका व्यक्ति प्रधानमन्त्री हुनुपर्ने कुरामा समेत जोड दिएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया