संसद्

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

इकागज |
असार ३१, २०८० आइतबार ६:३७ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभा बैठक बस्दैछ । 

संघीय संसद्‌ भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १:०० बजे बोलाइएको छ ।


संघीय संसद्‌ सचिवालयले सार्बजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संसोधन गर्न बनेको बिद्येयक २०८०’ लाई प्रस्तुत गर्नेछन् ।

उनले सो प्रस्तावमाथिको संसोधनहरुलाई निर्णायार्थ प्रस्तुत गर्ने देखी पारित गरियोस भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।  

यसैगरी, शिक्षा विज्ञान तथा प्रवृधि मन्त्री अशोककुमार राइले राष्ट्रिय सभामा उत्पति भएको ‘नेपाल विश्वविद्यालय बिद्येयक २०८०’ माथी बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ । 


Author

थप समाचार
x