आधा सिन्धुपाल्चोक गुठी समस्याले पीडित छ : बास्कोटा
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले गुठी समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै बास्कोटाले जसले जमिन जोतिरहेको छ, उसको नाममा जमिन दर्ता हुन नसकेको बताए ।
‘हामी समाजवादी भन्छौँ, किसानलाई न्याय दिन्छौँ भन्छौँ । जसले जमिन जोतिरहेको छ, उनीहरूको नाममा दर्ता हुन सकेको छैन,’ उनले भने ।
सिन्धुपाल्चोक, काभ्रेलगायतका क्षेत्रमा गुठी समस्या रहेको बताउँदै उनले भने, ‘आधा सिन्धुपाल्चोक गुठी समस्याले पीडित छ । काभ्रेको मेरै जिल्ला सिपाघाटमा त्यहीँ छ । बजार बसिसक्यो । मान्छेले बिजुलीको घरको नक्सा पास हुँदैन, तर घर बनाउँछ ।’
अन्य ठाउँमा पनि गुठी समस्या रहेको उनको भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया