सहकारीकर्मीसँग छलफल गरेर समस्या समाधान गरियाेस् : महामन्त्री शर्मा
काठमाडाैँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारीकर्मीसँग छलफल गरेर समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा शर्माले लामो समयदेखि सहकारीकर्मीहरू आन्दोलित भएको अवस्थामा सरकारले उनीहरूसँग छलफल गरेर समस्याको समाधान गर्न ध्यानाकर्षण गराएका हुन् ।
उनले केही सहकारीको कमजोरीका कारण देशका सयौं सहकारी आलोचित भएको भन्दै यसलाई सरकारले उचित तवरले नियमन गर्नुपर्ने धारणा राखे ।
त्यस्तै उनले लामो समयदेखि श्रमिकहरूको न्यूनतम् पारिश्रमिक नबढाएको भन्दै तत्काल न्यूनतम् ज्याला निर्धारण गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया