संसद्

देश अफ्रिकाभन्दा पछि धकेलिन्छ : ज्ञानेन्द्र शाही

इकागज |
असार ३१, २०८० आइतबार १७:२२ बजे

काठमाडाैँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० ले हिंसालाई माफ गर्ने बताएका छन् । 

आइतबार प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई विरोध गर्नुपर्ने कारण बारेमा वक्तव्य दिँदै प्रमुख सचेतक शाहीले यसले हिंसालाई माफ दिने जिकिर गरेका छन् । उनले यो विधेयक प्रतिनिधि सभाबाट पारित भएमा देशलाई अफ्रिका भन्दा पछि धकेल्ने बताए ।


कसैले व्यक्तिको हत्या गर्ने र राजनीतिक आवरणमा मुक्ति पाउने घटना घट्नसक्ने भन्दै त्यसतर्फ अहिले नै सचेत हुनुपर्ने शाहीले बताएका छन् । 

प्रमुख सचेतक शाहीले भने, ‘यो विधेयकले हाम्रो देशलाई अफ्रिका भन्दा पछि धकेल्छ । भोलि सडकको किनारामा हत्या हुन्छ मान्छेको । मान्छेलाई मारिन्छ । त्यसपछि एउटा राजनीतिक पर्चा छरिन्छ । त्यसमा क्रान्तिका लागि, फलानाको लागि भनेर लेखिन्छ । अनि पर्चाको आधारमा सरकार अहो तिनीहरू त राजनीतिक दल हुन् भनेर उन्मुक्ति दिन्छ ।'

उनले थपे, 'म  वार्तामा आउन चाहन्छु, मेरा सबै मुद्दा फिर्ता लग भनेपछि फिर्ता लिने हो भने भोलि यो देशमा विद्रोही समूह जन्मिँदैन भन्ने केही ग्यारेन्टी छ ?’ 


 


Author

थप समाचार
x