संसद्

नेपालमै औषधि उत्पादन गर्ने विषय पनि समेट्नुपर्छ : प्रेम सुवाल

इकागज |
असार ३१, २०८० आइतबार १७:३८ बजे

काठमाडाैँ– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० मा नेपालमै औषधि उत्पादन गर्ने विषय पनि समेट्नुपर्ने बताएका छन् ।

उनले २० वर्ष पुरानो सवारी समेत आवश्यक मर्मत गरी सञ्चालन गर्न पाउने कानुनी व्यवस्था पनि राख्नुपर्नेमा जोड दिए । त्यस्तै किसानलाई अनुदान दिनुपर्ने लगायतको विषय पनि समेट्नुपर्ने उनकाे भनाइ छ ।


‘नेपालीलाई आवश्यक औषधि नेपालमै उत्पादन गर्ने गराउने र विदेशी औषधि समेत सुपथ मूल्यमा बजारमा उपलब्ध गराउने पनि विधेयक आउनुपर्छ । २० वर्ष पुरानो सवारी समेत आवश्यक मर्मत गरी सञ्चालन गर्न पाउने कानुनी व्यवस्था पनि यो ऐनमा राख्नु जरुरी छ,' उनले भने, 'किसानलाई आवश्यक अनुदान दिनुपर्ने । ठूलठूला ठेक्‍कामा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न नेपाल पूर्वाधार कम्पनीमार्फत विकास निर्माण सम्पन्न गर्ने । क वर्गको ठेकेदार तत्काल खारेज गर्ने ।'

उनले यी सबै कुरा विधेयकमा हुनुपर्ने कुरामा जाेड दिएका छन् ।
 


Author

थप समाचार
x