करिब एक क्वीन्टल सुन तस्करीमा गृहमन्त्री श्रेष्ठ आफैँ संलग्न रहेको समाचार आएको छ : सांसद भट्टराई
काठमाडौँ- राष्ट्रिय सभाका सांसद गोपाल भट्टराईले करिब एक क्वीन्टल सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैँ संलग्न रहेको आरोप लगाएका छन् ।
बिहीबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महराको नाम समेत सो प्रकरणमा मुछिएको समाचार आएको टिप्पणी गरेका हुन् । सांसद भट्टराईले सो प्रकरणमा ठूलाहरू नै संलग्न रहेकाले निष्पक्ष छानबिन हुने विश्वास समेत आफूहरूलाई नभएको बताए ।
उनले सुन तस्करहरूले राज्य सञ्चालनमै हस्तक्षेप गरिरहेको आभास भइरहेको समेत बताए ।
सांसद भट्टराईले जनताको ध्यान एकातिर मोडेर मुलुकमा सुन तस्करी गर्ने क्रम बढिरहेको जिकिर गर्दै त्यसलाई नियन्त्रण गर्न सरकार गम्भीर नभएको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया