संसद्

सांसद रायमाझीकाे प्रश्न : सरकार चलाउँदै छौं कि तस्कर गर्दैछौं ?

इकागज |
साउन ४, २०८० बिहीबार १५:१७ बजे

काठमाडौँ- राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले त्रिभुवन विमानस्थलको भन्सार कार्यालय क्षेत्रबाट बरामद भएको सुन प्रकरणमा भन्सारका कर्मचारी र प्रहरीको समेत मिलोमतोको आशंका गरेका छन् ।

बिहीबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा रायमाझीले भन्सारको कर्मचारी र प्रहरीको मिलेमतोबिना भन्सारबाट सुन कटाउन सम्भव नहुने समेत बताए । ३३ किलो सुनको प्रकरण सेलाउन नपाउँदै सयौं किलो सुन बरामद हुनु लाजमर्दो कुरा भएको उनकाे भनाइ छ ।


रायमाझीले सरकार चलाउँदै छौं कि तस्कर गर्दैछौँ भन्दै प्रश्न गरे ।

ललिता निवासको काण्डमा अधिकृतलाई टिप्पणी उठाउँदा कारबाही गर्ने प्रशासन १०० किलो सुन निकाल्दा प्रहरीको उपस्थिति नदेखिएको उनले बताए । उनले मुलुकलाई आपराधिक क्रिडास्थल बनाउन खोजिएको भन्दै सरकार सचेत हुनुपर्ने धारणा राखे ।

त्यसअघि बैठकको शून्य समयमा सांसद विमला घिमिरेले सुन प्रकरणमा प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइनुपर्ने बताइन् । 


Author

थप समाचार
x