‘विद्युतीय व्यापार विधेयक, २०८०’ दफावार छलफल गर्न विधायन व्यवस्थापन समितिमा पेस
काठमाडौँ- राष्ट्रिय सभाले ‘विद्युतीय व्यापार विधेयक, २०८०’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।
बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सो विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको हो । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सो विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेस गरेका थिए ।
राष्ट्रिय सभाको अर्को बैठक यही साउन ११ गते बिहीबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया