संसद्

संसदीय उपसमितिको १५ दिन म्याद थप

इकागज |
साउन ५, २०८० शुक्रबार १३:५४ बजे

काठमाडौँ- संसदीय कानुन न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी टिआरसी विधेयक टुंग्याउन उपसमितिको म्याद १५ दिन थपेको छ । 

शुक्रबार बसेको समितिको बैठकले उपसमितिको म्याद १५ दिन थप गर्ने निर्णय गरेको हो । 


टिआरसी विधेयकमा संशोधनकर्ता, सरोकारवालासँग छलफल गरिसकेको र प्रतिवेदन तयार गर्न बाँकी रहेकाले म्याद थप गर्न उपसमितिले आग्रह गरेको थियो । सोहीअनुसार समितिले शुक्रबार १५ दिन उपसमितिको म्याद थप गरेको हो ।

गत ५ जेठमा टिआरसी विधेयकमा दफावार छलफल गरि प्रतिवेदन बुझाउने गरी २१ दिनको समय दिएर ११ सदस्यीय उपसमिति गठन गरेको थियो ।  

तर, प्रतिवेदन तयार गर्न समय नपुगेको भन्दै उपसमितिले म्याद थपका लागि आग्रह गरेको थियो । सोहीअनुसार शुक्रबार बसेको समिति बैठकले १५ दिनभित्र प्रतिवेदन बुझाउनेगरी उपसमितिका १५ दिन म्याद थपेको हो । 
 


Author

थप समाचार
x