संसद्

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न एमालेको माग

इकागज |
साउन १०, २०८० बुधबार १५:२० बजे

फाइल फोटो

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुुन तस्करीको छानबिन गर्न संसदीय उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन् । 

बुधबार बसेको प्रतिनिधिसभाको बैठकको सुरुमै एमाले प्रमुख सचेतक पदम गिरीले सुन तस्करीको छानबिन गर्न संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुख देवराज घिमिरेसमक्ष रुलिङको माग गरेका हुन् । 


सरकारको संरक्षकमा सुन तस्करी भइरहेको दाबी गर्दै एमाले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको हो । अहिले एमाले सांसदहरुले बैठकमा नाराबाजी गरिरहेका छन् । 
 


Author

थप समाचार
x