संसद्

सुन प्रकरणमा राज्यसत्ताका जिम्मेवार व्यक्ति सामेल : चित्र बहादुर केसी

इकागज |
साउन १०, २०८० बुधबार १८:१७ बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी सुन प्रकरणमा राज्यसत्ताका जिम्मेवार व्यक्ति सामेल हुनसक्ने बताएका छन् । 

बुधबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै केसीले राज्यसत्ताका जिम्मेवार व्यक्ति सामेल नभई सुन प्रकरण जस्ता ठूला अपराध हुनै नसक्ने बताए ।   


केसीले सुन प्रकरणमा भरियालाई मात्रै पक्राउ गरेर जनताको आखाँमा छारो हाल्न नपाईने भन्दै मूल अपराधीलाई समातेर नेपाली जनतालाई देखाउन सक्नुपर्ने धारणा राखे । चीन , भारत र नेपालका अपराधीहरु मिलेर नेपाललाई तस्करको ट्रान्जीट प्वाइन्ट बनाइएकाले यसमा सरकारले गम्भीर भएर छानबिन गर्नुपर्ने उनले बताए । 

अध्यक्ष केसीले सुन प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने र कोही दोषीले पनि उन्मुक्ति पाउन नहुने उल्लेख गरे । 


Author

थप समाचार
x