संसद्

गणपूरक संख्या नपुगेपछि संसदीय समितिको बैठक बस्न सकेन

इकागज |
साउन १२, २०८० शुक्रबार १२:५० बजे

फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । शुक्रबारका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठक कोरम पुग्न नसक्दा बस्न नसकेको हो ।

२६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्नेमा  १३ जना मात्रै उपस्थित हुँदा समिति बैठक स्थगित भएको हो ।


बैठक आज बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको बैठक बैठक कक्षमा बोलाइएको थियो । तर सांसदहरू उपस्थित हुन नसक्दा बैठक बस्दै नबसी स्थगित भएको हो ।


Author

थप समाचार
x