एमालेको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित
फाइल फाेटाे
काठमाडौँ–सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन गर्नुपर्ने अडान नेकपा एमालेले राखेपछि बुधबारको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
सरकारले छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै एमाले सांसदहरूले उठेर विरोध जनाएपछि बैठक स्थगित भएको थियो ।
एमाले राष्ट्रिय सभा संसदीय दलले सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन नभएसम्म राष्ट्रिय सभा पनि चल्न नदिने निर्णय गरेको थियो । जसका कारण प्रतिनिधिसभा र राष्ट्रिय सभा लगातार स्थागित भइरहेको थियो ।
मंगलबार प्रतिनिधिसभामा गृहमन्त्रीलाई जवाफ दिन एमाले सहमत भएपछि बैठक केही बेर संञ्चालन भएको थियो । तर गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको र उच्च स्तरीय छानबिन समिति गठन नगरेको भन्दै विरोध जनाएपछि बुधबारको प्रतिनिधिसभा बैठक पनि स्थगित भएको थियो ।
राष्ट्रिय सभाकाे अर्को बैठक साउन २६ गते शुक्रबार बस्नेगरी स्थगित भएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया