संसद्

संसद्‌को अवरोधबारे राष्ट्रपतिको चासो : सबै राजनीतिक दललाई विश्वासमा लिन आग्रह

इकागज |
साउन २६, २०८० शुक्रबार ११:५५ बजे

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेटवार्ता गरेका छन् । 

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान राष्ट्रपति पौडेल, सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । 


उनका अनुसार शुक्रबार बिहान १० बजेदेखि आधा घण्टा भएको भेटमा संसद्‌को जारी अवरोधबारे छलफल भएको छ ।

सो क्रममा राष्ट्रपति पौडेलले सदन अवरोध खुलाउन भएका छलफल प्रयासबारे जानकारी लिए । भेटमा सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट समेत सहयोगको अपेक्षा राखेका सल्लाहकार अधिकारीले जानकारी दिए । 

राष्ट्रपति पौडेलले सबै राजनीतिक दललाई विश्वासमा लिएर संसद्‌को गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गरेका थिए ।
 


Author

थप समाचार
x