संसद्

खिमलाल देवकोटाको माग : नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन समिति बन्नुपर्छ

इकागज |
भदौ ५, २०८० मंगलबार १६:५६ बजे

काठमाडौँ- राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि पनि समिति गठन गर्नुपर्ने माग गरेका छन् ।

सुन तस्करी भन्दा पनि ठूलो लज्जाको विषय बनेको नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनबारे सरकार र राजनीतिक दलहरू किन चुपचाप ? रहेको भनि उनले प्रश्न समेत गरे । मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद देवकोटाले सुन तस्करी वा अन्य छानबिन समिति बनाउँदा संसदीय छानबिन समिति नै बनाउन उपयुक्त तर्क समेत गरे ।


संसद जनताको विश्वासयोग्य र भरोसायोग्य थलो भएकोले कुनै पनि प्रकारको छानबिन गर्नका लागि संसदीय समिति नै बनाउनुपर्ने सांसद देवकोटाको भनाइ थियो ।

सांसद देवकोटाले सत्तापक्ष र प्रतिपक्ष दुवै मिलेर संसद् बैठक अवरुद्ध पारेको आरोप लगाउँदै आक्रोश समेत व्यक्त गरे ।


Author

थप समाचार
x