संसद्

उच्चस्तरीय छानबिन समितिको अनुसन्धान प्रतिवेदनमा गएर नरोकियोस् : देवेन्द्र पौडेल

इकागज |
भदौ ६, २०८० बुधबार १७:७ बजे

काठमाडौँ–नेकपा माओवादी केन्द्रका सांसद् देवेन्द्र पौडेलले सुन प्रकरणको छानबिन गर्न बन्ने उच्च स्तरीय समितिको अनुसन्धान प्रतिवेदनमा सिमित नहोस् भनेर सुझाव दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठको विशेष समयमा बोल्दै सांसद् पौडेलले यस्तो बताएका हुन् ।

 ‘जुन प्रकारको उच्च स्तरीय छानबिन समिति बनाउने सहमति भएको छ,’ उनले भने, ‘यसको स्वागत गर्दै प्रतिवेदन देखि प्रतिवेदनमा गएर अल्झने र यी घटना रोक्ने काम नहोस् ।’


प्रतिवेदन बनिसकेपछि सम्बन्धित निकायहरूले अगाडि बढाएका कामहरू रोक्ने र तिनको मनोबल गिर्ने काम नगर्न पनि उनले अनुरोध गरे । देशका अन्य अनुसन्धान गर्ने निकायहरूलाई अझै बलियो बनाएर लैजानुपर्ने आजको आवश्यकता रहेको उनले बताए ।

आम नागरिकमा छानबिन समितिको नाममा भइरहेको अनुसन्धान कतै बीचमा हराउने हो कि भन्ने चिन्ता भएको समेत उनको भनाइ छ ।

लामो समयपछि संसद सुचारु भएकाले अब यसले निर्माण गर्न बाँकी रहेका कानुनहरू निर्माण ध्यान दिनसमेत उनले सुझाव दिए ।
 


Author

थप समाचार
x