संसद्

जातीय राज्य स्थापित गराइ छाड्छु भन्ने प्रधानमन्त्रीको भनाइ असंवैधानिक छ : एमाले सांसद गिरी

इकागज |
भदौ १२, २०८० मंगलबार १२:२३ बजे

काठमाडौँ–एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहालले ‘म जातीय राज्य स्थापित गराइ छाड्छु’ भनेर दिएको अभिव्यक्ति असंवैधानिक भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद गिरीले यस्तो बताएका हुन् । 

‘पछिल्लो समय प्रधानमन्त्रीज्यूले जुन प्रकारले अभिव्यक्ति दिनुभएको छ, ‘म जातीय राज्यको पक्षमा छु । तपाईहरू जाग्नुहोस्, उठ्नोस्, तपाईहरुले मलाई बल दिनुहोस्, म मुलुकमा जातीय राज्य स्थापित गर्छु, हाम्रो पाटीलाई बहुमत दिनुहोस् म जसरी पनि जातीय राज्य स्थापित गराइ छाड्छु’ भन्ने अभिव्यक्ति दिँदै आउनुभएको छ,’ उनले भने, ‘यो भनाई असंवैधानिक त छँदै छ । सँगसँगै मुलुकमा मिलेर बसेका दाजुभाइलाई आपसमा झगडा गराउने, मुलुकमा हिंसा भड्काउने, देशमा अराजगताको स्थिति सिर्जना गराउने  छ ।’


सांसद गिरीले मुलुकमा ठूला ठूला त्रासदीपूर्ण अवस्था सिर्जना गर्न स्वयम् प्रधानमन्त्रीले मलजल गरिररहेको दाबी गरेका छन् ।

प्रधानमन्त्रीको जिम्मेवारीमा बसेको मान्छेले यस्तो द्वेष फैलाउने अभिव्यक्ति स्वीकार्य नभएको उनले बताए ।


Author

थप समाचार
x