संसद्

सरकारले सुशासनको पक्षमा चालेका कदमप्रति सबैले साथ दिनुपर्छ : वर्षमान पुन

इकागज |
भदौ १२, २०८० मंगलबार १४:४२ बजे

काठमाडौँ- सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुनले सरकारले चालेका सुशासनका कदमहरूमा साथ दिन सबै पक्षसँग आग्रह गरेका छन् ।

सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा सरकारले चालेका कदम सही भएकाले सबैले साथ दिनुपर्ने उनको भनाइ थियो । मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उपमहासचिव पुनले सुशासनको पक्षमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिँदै आएका पछिल्लो अभिव्यक्तिको पनि प्रशंसा गरे । उनले राज्य शक्तिको दुरुपयोग हुन नदिने गरी सरकारले सुशासनको पक्षमा चालेको कदमहरूलाई अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याए ।


उपमहासचिव पुनले कुनै पनि खालको पूर्वाग्रह साँधेर सरकारले राज्य सत्ताको दुरुपयोग गरे त्यसले कसैलाई पनि फाइदा नगर्ने बताए ।


Author

थप समाचार
x