हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आएकाहरूको मुद्दा खारेज गर्नु हुँदैन : रमेश लेखक
काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले हिंसात्मक गतिविधि छोडेर शान्तिपूर्ण राजनीतिमा आएकाहरूको मुद्दा खारेज गर्नु नहुने धारणा राखेका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथिको सामान्य छलफलमा भाग लिँदै प्रमुख सचेतक लेखकले यस्तो धारणा राखेका हुन् । उनले ऐनमा हिंसात्मक क्रियाकलाप छोडेर शान्तिपूर्ण राजनीतिमा फर्किने समूहलाई उनीहरूको मुद्दा खारेज गर्ने गरी पारित गर्नु नहुने बताए । यसका लागि राजनीतिक छलफल गरेर सहमति गर्नुपर्ने उनकाे भनाइ छ ।
प्रमुख सचेतक लेखकले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अहिले सञ्चालनमा रहेको वीर अस्पताललाई समेत अलग गरेर जाने प्रस्ताव गरेको भन्दै यो प्रस्तावमा पनि पुनः विचार गर्नुपर्ने बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया