संसद्

सभामुखको प्रश्न : सरकार संसदीय समितिका निर्देशन कार्यान्वयन गर्न किन तयार छैन ?

इकागज |
भदौ १५, २०८० शुक्रबार २०:१ बजे

काठमाडौँ- सभामुख देवराज घिमिरेले संसदीय समितिका निर्देशनहरू सरकारले प्रभावकारी तवरले कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले समितिले दिएका निर्देशन औपचारिक मात्रै हुने गरेको भन्दै प्रभावकारी तवरले कार्यान्वयन हुनुपर्ने बताएका हुन् । उनले सरकार समितिले दिएका निर्देशन कार्यान्वयन गर्न किन तयार छैन ? भन्दै प्रश्न गरे ।


सभामुख घिमिरेले संसद् जनताप्रति उत्तरदायी हुन जरुरी रहेको उल्लेख गरे । उनले जनताको पक्षमा काम गर्न समयभित्रै ऐन बनाउन जरुरी रहेको बताए । उनले विधायिका संस्थामा सांसदहरूले खेल्ने भूमिका प्रभावकारी हुनुपर्ने पनि जिकिर गरे ।

सभामुख घिमिरेले देश समृद्ध बनाउन र राष्ट्रको उन्नती गर्न सांसद र संसद् क्रियाशील बन्नुपर्ने बताए । उनले देशको पछौटेपन अन्त्य गर्न आर्थिक रूपमा सबल बन्नुपर्ने बताए । उनले संसदलाई सोझै जनताप्रति उत्तरदायी संस्था बनाउन अझै नसकिएको उल्लेख गरे ।

राजनीतिक उपलब्धि प्राप्त गरे पनि आर्थिक समृद्धि अबको प्राथमिकता हुनुपर्ने उनकाे भनाइ छ । विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा जानुपर्ने लक्ष्य पूरा गर्न र दिगो विकासका लक्ष्य हासिल गर्न चुनौती रहेको बताए ।


Author

थप समाचार
x