संसद्

सांसद शाहीको प्रश्न : कर्णाली राजमार्ग हो कि मृत्युमार्ग ?

इकागज |
भदौ १८, २०८० सोमबार १४:२८ बजे

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले जुम्लामा २०६६ देखि अहिलेसम्ममा ४३३ सवारी दुर्घटनामा १९९ जनाको ज्यान गुमाएको र कम्तीमा ८०० घाइते उपचाररत भएको सदनलाई जानकारी गराएका छन् । 

जुम्लामा आज भएको  सवारी दुर्घटनाको कुरालाई संकेत गर्दै उनले संसद्लाई कर्णाली राजमार्ग हो कि मृत्युमार्ग भन्दै सदनलाई प्रश्न गरेका छन् ।  


सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले कर्णाली राजमार्ग र नाग्मा हुँदै जाने रारासम्मको राजमार्ग छिटोभन्दा छिटो स्तरउन्नति र पिच गरियोस् भनेर आग्रह गरेका छन् । 

प्रधानमन्त्रीले क्रिकेट खेलाडीलाई घोषणा गरेको १७ लाख रुपैयाँ रकम एक रुपैयाँ पनि खेलाडीको खातामा नआएको र भोकभोकै खेल्न बाध्य भएको कुरा दर्शाउँदै उक्त रकम दिनुपर्ने कुराको समेत जिकिर गरेका छन् । 
 
 


Author

थप समाचार
x