संसद्

संघीयता कार्यान्वयन गर्न तीन तहमा जनशक्ति व्यवस्थापन गर्नुपर्छ : सांसद श्रेष्ठ

इकागज |
भदौ १८, २०८० सोमबार १४:२५ बजे

काठमाडौँ- नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले तीन तहमा जनशक्ति व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।​

सोमबार राष्ट्रिय सभा बैठकमा संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८० माथिको छलफलमा बोल्दै सांसद श्रेष्ठले संघीयता कार्यान्वयनका निम्ति पहिलो सर्त नै जनशक्ति व्यवस्थापन रहेको बताए । उनले संघ, प्रदेश र स्थानीय तहमा जनशक्ति व्यवस्थापन हुनुपर्नेमा जोड दिए ।


मुलुक संघीय संरचनामा रहेको उल्लेख गर्दै श्रेष्ठले राज्यशक्तिको प्रयोग तीनवटै ठाउँबाट हुनुपर्ने बताए ।

सांसद श्रेष्ठले सरकारले अत्यावश्यक रहेका विधेयकहरू पनि संसदमा ल्याउने प्रयत्न नगरेको बताए ।


Author

थप समाचार
x