संसद्

कर्मचारीलाई छनौटको अधिकार नै नदिइ समायोजन गरियो : सांसद देवकोटा

इकागज |
भदौ १८, २०८० सोमबार १४:४८ बजे

काठमाडौँ- नेपाली कांग्रेस सांसद अनिता देवकोटाले कानुनको अभावका कारण कर्मचारीहरूलाई आफू जाने पदको सेवा र सर्त बारे जानकारी नै नदिइ समायोजन गरिएको बताएकी छिन् ।

सोमबार राष्ट्रिय सभा बैठकमा संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८० माथिको छलफलमा बोल्दै उनले कानुन नभएको कारण कर्मचारीहरूलाई आफू जाने पदको सेवा र सर्तको विषय नै जानकारी नदिइ समायोजन गरिएको बताइन् । उनले यसो गर्नु प्रजातान्त्रिक मूल्य र मान्यतामा आधारित नभएको जिकिर गरिन् ।


सांसद देवकोटाले कर्मचारीलाई छनोटको अधिकार समेत दिन नसकिएको भन्दै गुनासा् गरिन् । उनले संविधान अनुरूप ३ वर्षभित्र बनिसक्नुपर्ने कानुन आजसम्म पनि बन्न नसकेकोमा दु:ख व्यक्त गरिन् । कतिपय ऐनहरू भने समयसीमाको कारण राम्रोसँग छलफल नगरी हतार हतारमा पारित गरिएको पनि उनको भनाइ छ ।

उनले आवश्यक कानुनहरू छिट्टै बनाउन सरकारको ध्यानाकर्षण गराइन् ।

 


Author

थप समाचार
x