संसद्

संविधानअनुसार बन्न बाँकी कानुनहरू बनाई संसद्‍मा पेस गर्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन

इकागज |
भदौ १८, २०८० सोमबार १४:५८ बजे

काठमाडौँ- राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानअनुसार बन्न बाँकी कानुनहरूको तर्जुमा गरी प्राथमिकताका आधारमा संसदमा पेस गर्न सरकारलाई निर्देशन दिएका छन् ।​ सोमबारको राष्ट्रिय सभा बैठकबाट अध्यक्ष तिमिल्सिनाले यस्ताे निर्देशन दिएका हुन् ।

अध्यक्ष​ तिमिल्सिनाले संविधान अनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८० मा उल्लेखित सुझावहरूलाई कार्यान्वयन गर्न पनि निर्देशन दिए । उनले सुशासन कायम गर्न र संघीयताको कार्यान्वयन प्रभावकारी रूपमा गर्न कानुन निर्माण गर्नुपर्ने बताए । उनले कानुनी रिक्तता पूरा गरी संविधानको कार्यान्वयनलाई पूर्णता दिनुपर्ने बताए ।


राष्ट्रिय सभाको आगामी बैठक भदौ २४ गते आइतबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ ।


Author

थप समाचार
x