संसद्

पर्यटनमन्त्रीले दायाँबायाँ गरे नियमन र नियन्त्रण दुवै गर्छौं : सभापति यादव

इकागज |
भदौ १८, २०८० सोमबार १८:४० बजे

काठमाडौँ- अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राज किशोर यादवले पर्यटनमन्त्री सुदन किरातीलाई गलत काम नगर्न खबरदारी गरेका छन् ।​​ सोमबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै सभापति यादवले यस्तो खबरदारी गरेका हुन् ।

सभापति यादवले पर्यटनमन्त्री किराँतीमा केही काम गरौं भन्ने जोस जाँगर देखिएको बताए । उनले देश र जनताका लागि केही गर्छु भन्ने प्रयास मन्त्रीले गर्न खोज्दा समिति नीतिगत सुधार गर्न तयार रहेको जिकिर गरे । उनले मन्त्रीले पर्यटन सम्बन्धी नीतिहरू समयअनुकूल बनाउनुपर्ने र त्यो देशको हितमा भए सामूहिक पहल गर्न समिति तयार रहेको बताए ।


सभापति यादवले समितिले मन्त्रीलाई राम्रो कामका लागि साथ पनि दिने र कहि दायाँबायाँ भयो भने नियमन र नियन्त्रण दुवै गर्ने बताए । 


Author

थप समाचार
x