उपभोग्य वस्तुको वितरण र आपूर्तिमा सहजीकरणका लागि सम्बन्धित निकायसँग छलफल गरिने
काठमाडाैँ– प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले अत्यावस्यक वस्तु तथा खाद्य पदार्थको आपूर्ति र हालको मौज्दातका विषयमा छलफल गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको बैठकमा समिति सभापति अब्दुल खानले मौज्दात रहेका खाद्यवस्तु तथा अन्य उपभोग्य वस्तुको बारेमा जानकारी दिँदै वितरण र आपूर्तिमा सहजीकरणका लागि सम्बन्धित निकायसँग छलफल गरि अर्को बैठकमा निष्कर्षमा पुग्ने बताए ।
सांसदहरूले नेपालको आपूर्ति प्रणाली कमजोर रहेको भन्दै दिगो समाधानका लागि समितिले काम गर्नु पर्नेमा जोड दिएका छन् ।
रास्वपा सांसद असिम शाहले नेपालमा बिचौलियका कारण उपभोक्ताले धेरै मूल्य तिर्नु परेको भन्दै उत्पादक र उपभोक्ताका बीचमा बिचौलियाको विगविगीलाई रोक्नु पर्नेमा जोड दिए ।
त्यस्तै नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले चाडपर्वका बेलामा मात्रै गरिने अनुगमनलाई अन्य समयमा पनि निरन्तरता दिन सकिए उपभोक्ता ठगिने क्रम रोकिने बताए । साथै, उनले इन्धनमा हुने स्वचालित मूल्यबृद्धिलाई व्यापारीले स्टक गरेर अनुचित लाभ लिएको समेत बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया