संसद्

महेन्द्र यादवमाथि आक्रमण गर्ने मान्छे हाम्रो पार्टीको होइन, आक्रमणकारीलाई कारबाही हुनुपर्छ : राप्रपा

इकागज |
भदौ २१, २०८० बिहीबार १३:५३ बजे

काठमाडौँ–राप्रपाका सांसद धवलशम्शेर राणाले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिको संलग्नता राष्ट्रिय प्रजातन्त्र पार्टीसँग नरहेको स्पष्ट पारेका छन्  ।

बिहीबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले आक्रमणकारी आफ्नो पार्टीसँग संलग्न नरहेको स्पष्ट पारेका हुन् ।  ‘हिजो भएको घटनामा म पनि थिएँ,’ उनले भने, ‘महेन्द्र यादवजी निस्किन लाग्दा एउटा व्यक्तिले खुकुरी प्रहार ग¥यो । उहाँ घाइते हुनुभयो । त्यो व्यक्तिलाई प्रहरीले समात्यो । त्यसपछि उहाँले केही नाराहरू लगाउनुभयो । तर यो विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीलाई अलिकति आक्षेप लगाउने कामहरू भए ।’


सांसद राणाले अगाडि भने, ‘उहाँले राजसंस्था, एमसीसी लगायतका विषयमा नारा लगाइरहनु भएको थियो । महेन्द्रजीले बोल्दा पनि विरोध जनाइरहनु भएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी हिंसाको राजनीतिमा कहिल्यै पनि विश्वास गर्दैन । त्यो व्यक्ति हाम्रो पार्टीसँग कुनै पनि हिसाबले संलग्न थिएन । उसमाथि हुनुपर्ने कारबाही हुनुपर्छ ।’ 
 


Author

थप समाचार
x