संसद्

तालाबन्दी संस्कृतिले आमविद्यार्थी निराश छन् : भट्टराई

इकागज |
भदौ २१, २०८० बिहीबार १४:१० बजे

काठमाडौँ– नेकपा एमालेकी सांसद विद्या भट्टराईले विश्वविद्यालयमा तालाबन्दी संस्कृतिले आम विद्यार्थीलाई निराश बनाएको बताएकी छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले प्रधानमन्त्री र शिक्षामन्त्री यो विकृतिप्रति गम्भीर हुनुपर्ने बताइन् । 

उनले लामो समयदेखि नेपाल संस्कृत र सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी भइरहेको प्रति चिन्ता व्यक्त गरिन् । ‘शिक्षा लोकतन्त्रको पूर्वसर्त हो । शिक्षा र विवेकशील नागरिक लोकतन्त्रका मानक हुन् । यो कुराप्रति सरकार जिम्मेवार देखिएको छैन,’ उनले भनिन् । 


उनले तालाबन्दी संस्कृतिको अन्त्य गरी विश्वविद्यालयमा प्राज्ञिक संस्कृतिका लागि दलहरू प्रतिबद्ध हुन नसकेको आरोप समेत लगाइन् । उनले सत्तासीन दलहरू नै तालाबन्दी गर्नतिर लागेको आराेप लगाइन् । ‘दीक्षान्त समारोहमा कुलपति सम्माननीय प्रधानमन्त्रीले आफूले गरेका बाचा बिर्सँदा र तालाबन्दीको जिम्मेवारी लिन नसक्दा आज प्राज्ञिक क्षेत्र आन्दोलनको केन्द्र बनेको छ,’ उनले भनिन् । 


Author

थप समाचार
x