संसद्

सांसद गौतमको प्रश्न : कसैले सिंहदरबार आगो लगाइदिन्छु भनेको छ, देश कता जाँदै छ ?

इकागज |
भदौ २१, २०८० बिहीबार १५:४ बजे

काठमाडौँ– सांसद संजयकुमार गौतमले  नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई भएको साङ्घातिक आक्रमणलाई लक्षित गर्दै देश कतातिर लाग्दैछ भनेर सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।   

नौ वर्षदेखि यत्तिकै बसेको नन्दप्रसादको शवको अन्त्येष्टी गर्न नपाएको र गंगा मायाले अनसन बसेको वर्षौँ भइसक्दा पनि सरकार मौन बसेको भन्दै बिहीबारको प्रतिनिधिसभाको बैठकमा उनले त्यस्तो प्रश्न गरेका हुन् । 


सांसद गौतमले भने, ‘मुलुकमा धेरै ठूलो अराजकता फैलिएको छ । जसलाई जे बोले पनि हुने, जसले जे गरे पनि हुने । कसैले सिंहदरबारमा आगो लगाइदिन्छु भनेको छ । कसैले जातीय संघीयता ल्याइदिन्छु भनेको छ । लाखौँको जुलुस निकालिदिन्छु भनेको छ । ’

उनले यस्ता गतिविधिले अराजकता  निम्त्याउने भन्दै सरकारकाे ध्यानाकर्षण गराएका छन् । 


 


Author

थप समाचार
x