संसद्

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको प्राथमिकताबारे सदनलाई जानकारी गराउन एमालेको माग

इकागज |
भदौ २१, २०८० बिहीबार १५:१९ बजे

काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को चीन भ्रमणको एजेण्डा र प्राथमिकताहरूबारे सदनलाई जानकारी गराउन र छलफल चलाउन माग गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर उनले प्रधानमन्त्री प्रचण्ड चीन जानुअघि संसदमा आफ्नो भ्रमणको प्राथमिकताबारे जानकारी गराउन र आवश्यक सुझाव लिन आग्रह गरेका हुन् । 


संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने प्रधानमन्त्री प्रचण्ड त्यतैबाट चीन भ्रमणमा जाँदैछन् । तर, अमेरिकाबाट चीन भ्रमणमा जाने कार्यक्रमबारे पनि पुनर्विचार गर्न सांसद पन्तको सुझाव छ ।
 


Author

थप समाचार
x