Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

संसद्

राहत शिक्षकलाई उमेर हद नलाग्ने

इकागज |
भदौ २७, २०८० बुधबार १३:३८ बजे

काठमाडाैँ- राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटामा कार्यरत शिक्षकलाई  स्थायी सेवामा प्रवेश गर्नका लागि उमेर हद नलाग्ने भएको छ ।

सरकारले ल्याएको  विद्यालय शिक्षा विधेयकमा राहत शिक्षकलाई स्थायी नियुक्तिका लागि खुलाएको विज्ञापनमा उमेर हद नलाग्ने व्यवस्था ल्याएको हो । 


'राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारका शिक्षक तथा प्रशिक्षक अनुदान कोटा दरबन्दीमा कायम भए पछि हुने विज्ञापनमा राहत तथा विशेष शिक्षमा कार्यरतलाई उमेर हद नलाग्ने,’ दर्ता भएको विधेयकमा लेखिको छ, ‘दरबन्दी कायम भएको राहत शिक्षक अनुदान कोटा र विशेष शिक्षा तथा प्राविधिक धारमा पचास प्रतिशत कार्यरत मध्येबाट सिमित र बाँकी पचास प्रतिशत खुला प्रतियोगिताको आधारमा पदपूर्ति गरिने ।’

यस्तै कक्षा ११ र १२ मा अध्यापन गर्ने शिक्षकलाई पनि माध्यमिक तृतीय वा द्वितीय श्रेणीमा उम्मेदवार हुन सक्ने व्यवस्था गरिएको विधेयकमा उल्लेख छ । 

बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षासम्बन्धी विधेयक दर्ता गरेका हुन् । 
 


Author

थप समाचार
x