संसद्

शिक्षकले राजनीतिक क्रियाकलापमा भाग लिन नपाउने

इकागज |
भदौ २७, २०८० बुधबार १३:५१ बजे

काठमाडौँ– सार्वजनिक विद्यालयका शिक्षकले अबदेखि राजनीतिक क्रियाकलापमा भाग लिन नपाउने गरि सरकारले विद्यालय शिक्षा विधेयक ल्याएको छ ।

बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले  दर्ता गराएको विधेयकमा यस्तो व्यवस्था गरिएको हो ।


उक्त विधेयकमा शिक्षकले राजनीतिक दल वा दलसँग आबद्ध संगठनको सदस्यता लिन, राजनीतिक गतिविधिमा भाग लिन नपाउने व्यवस्था गरिएको छ ।

राजनीतिक पदको लागि हुने निर्वाचनमा भाग लिन वा कसैको निमित्त मत वा चन्दा माग्न  नहुने व्यवस्था यस विधेयकमा गरिएको छ ।

शिक्षकलाई आफूले पाएको मतदानको अधिकारको प्रयोग गर्न भने कुनै रोकावट नभएको विधेयकमा उल्लेख छ ।
 


Author

थप समाचार
x