संसद्

गगन थापाले भनेः विधेयकमा कमजोरी छ, विद्यालय बन्द नगर्नू र आन्दोलनको स्वरुप परिवर्तन गर्नू

इकागज |
असोज ४, २०८० बिहीबार ११:५२ बजे

काठमाडौँ- सांसद गगन कुमार थापाले विद्यालय शिक्षा सम्बन्धी विधेयकमा कमजोरी रहेको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै विधेयकमा भएका कमजोरीहरू सुधार गर्नुपर्ने बताएका हुन् ।

बुधबारदेखि नेपाल शिक्षक महासंघले काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेको छ । आज देशभरका सामुदायिक विद्यालय पनि बन्द छन् । थापाले विद्यालय बन्द नगर्न पनि आग्रह गरेका छन् ।


‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ । संसदमा हामी यसलाई सच्याउने नै छौ,’ उनले भनेका छन्,’ संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो । हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौँ । ‘

आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सबैका जायज माग र चिन्ताको संवोधन गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढङ्गले समाधानको खोजी गर्न उनले आव्हान गरेका छन् ।  विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायत सबै पक्षलाई उनले आग्रह गरेका छन् ।

 

 


Author

थप समाचार
x