सार्वजनिक सेवा प्रसारणसम्बन्धीकाे विधेयकमाथि शिक्षा समितिकाे छलफल सुरु
काठमाडाैँ– सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल सुरु भएको छ । सिंहदरबारमा मंगलबार बसेको समिति बैठकमा उक्त विधेयकमाथि दफावार छलफल सुरु भएको हो ।
बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सार्वजनिक सञ्चार माध्यमलाई जनताप्रति जवाफदेही र उत्तरदायी तुल्याउन सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाइएको बताएकी छिन् ।
उनले विधेयकमाथि आएका संशोधनमाथि पनि छलफल गरेर जन उत्तरदायी बनाइने प्रतिबद्धता जनाइन् । ७७ सालमा प्रस्तुत भएको विधेयक र यस बीचमा भएको परिवर्तनलाई समेत ध्यानमा राखेर अघि बढाउने उनको भनाइ छ ।
उनले सरकारी सञ्चारमाध्यमलाई राष्ट्रिय सार्वजनिक सेवा प्रसारणका रूपमा रूपान्तरण गरी लोकतान्त्रिक मूल्य, मान्यता र स्वतन्त्र पत्रकारिताको मर्मलाई आत्मसात् गर्दै जनताप्रति उत्तरदायी रूपमा सञ्चालनको उद्देश्य राखि कानुन निर्माण अघि बढाएको उनले बताइन् ।
बैठकमा समिति सदस्यहरूले सार्वजनिक सेवा प्रसारण संस्थालाई राजनीति हस्तक्षेपबाट मुक्तका साथै सूचनाको पहुँच विस्तार गरी मुलुकको साझा संस्थाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया