संसद्

रास्वापाद्वारा संसद बैठक अवरुद्व

इकागज |
असोज १४, २०८० आइतबार १४:३ बजे

फाइल फोटो

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा बैठक अवरुद्ध पारेको छ । 

आइतबार बसेको प्रतिनिधि सभा बैठकको शुभारम्भमा नै सो पार्टीका सांसदहरुले उठेर अवरुद्ध पारेका हुन । बैठक सञ्चालन गर्नका लागि सभामुख देवराज घिमिरेले सो पार्टीका सांसदहरुलाई आग्रह गरिरहेका छन् । 


 प्रधानमन्त्री पुष्पकमल दाहालको सम्बोधन भएकाले बैठक अवरुद्ध नपार्न उनको आग्रह छ । तर, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु नमानेपछि सो पार्टीका सभापति रवि लामिछानेलाई बोल्ने समय दिएका छन् । उनले चीन भ्रमणबाट मुड फ्रेस गरेर आएका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताको मुड अफ हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै आपत्ति जनाए । 


Author

थप समाचार
x