संसद्

नेपालगञ्जमा सद्भाव कायम गर्न धवलशमशेरकाे आग्रह

इकागज |
असोज १६, २०८० मंगलबार १४:८ बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद धवलशमशेर राणाले नेपालगञ्जमा सद्भाव कायम गर्न अपिल गरेका छन् ।​ मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर उनले  नेपालगञ्जमा सद्भाव कायम गर्न अपिल गरेका हुन् ।

‘नेपालगञ्जमा दुई समुदायबीच झडप भएर कर्फ्यु लागेको छ। हिंसाका घटना नियन्त्रण गर्न सरकारसँग माग गर्दछु,’ उनले भने । 


उनले शान्तिपूर्ण विरोधका लागि पनि अनुरोध गरेका छन् । ‘हाम्रो सद्भावको सहरमा दुई समुदाय संयम अपनाइदिनुहोला, सद्भावको शहरमा अशान्ति नफैलाउन नेपालगञ्जवासीहरुलाई अनुरोध गर्दछु,’ उनले भने । 

उनले सरकारले हिंसाका घटना तुरुन्त नियन्त्रण लिनुपर्ने समेत बताए । नेपालगञ्जमा सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएको भन्दै स्थानीय प्रशासनले कर्फ्यु  लगाएको छ ।


Author

थप समाचार
x