संसद्

फागुन १ गते बिदा दिने निर्णय फिर्ता नलिए यसविरुद्ध कदम चाल्छौं : ओली

इकागज |
असोज १६, २०८० मंगलबार १५:३ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल न तयार नभएको बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

ओलीले प्रधानमन्त्री दाहालले जस अर्कोले लिन्छ भनेर प्रधानमन्त्रीले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन नचाहेको आराेप लगाए । उनले आफूले आफू प्रधानमन्त्री रहँदा शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन खोज्दा प्रधानमन्त्री दाहालले नै नमानेको आरोप लगाए ।


अध्यक्ष ओलीले फागुन १ गतेलाई सरकारी बिदा दिने कुरा मान्य नहुने भन्दै फागुन १ गते दिने बिदाको निर्णयलाई फिर्ता नलिए आफूहरूले कदम चाल्नुपर्ने चेतावनी दिए । उनले आगामी मन्त्रिपरिषदको बैठकबाट नै सो निर्णय फिर्ता लिन चेतावनी दिए । उनले हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर उत्सवको रूपमा मनाउन आफूहरू तयार नरहेको बताए ।

अध्यक्ष ओलीले फागुन १ गते केका लागि बिदा हो भन्दै प्रश्न गरे ।  


Author

थप समाचार
x