'सम्मान सरकारमा भएकालाई मात्रै चाहिने ? सभामुख पदकाे गरिमाकाे ख्याल गर्नु पर्दैन’
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले प्रतिनिधिसभाको सभामुखको अपमान गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा बाेल्दै प्रमुख प्रतिपक्ष दलका नेता ओलीले सभामुख देवराज घिमिरेको आयरल्याण्ड भ्रमणको विषयलाई लिएर सो आरोप लगाएका हुन् ।
‘सभामुखलाई आयरल्याण्डको औपचारिक भ्रमण गर्न निम्तो आयो तर यो गठबन्धन सरकारले सभामुखलाई पिएबाहेक अरुलाई लैजान पाउँदैन भनेर अपमान गर्यो,’ ओलीले भने, ‘सभामुखजस्तो गरिमामय पदको ख्यालसमेत गरेन, सम्मान सरकारमा भएकालाई मात्रै चाहिने ? अरूलाई चाही अपमान गर्ने, सभामुख पदकाे गरिमाकाे ख्याल गर्नु पर्दैन ।’
ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' अमेरिका र चीन भ्रमण जाँदा जम्बो टोली लिएर जाने तर सभामुख घिमिरेलाई पिए मात्रै लैजाऊँ भनेर अरु लैजान नदिएकोमा पनि आपत्ति जनाए । उनले यसअघि सभामुखहरूको औपचारिक भ्रमणमा कतिसम्म प्रतिनिधिहरूलाई पठाउने गरिन्थ्यो ? त्यो ख्याल नगरी प्रचण्ड सरकारले मानमर्दन गरिएको उनको थप आरोप छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया