संसद्

राष्ट्रपतिले रिगलको कैद मिनाहा गरेकाेप्रति ओलीको आपत्ति, संसद्‍मा पोखे असन्तुष्टि

इकागज |
असोज १६, २०८० मंगलबार १६:२ बजे

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको कैद मिनाहाप्रति आपत्ति जनाएका छन् । मंगलबारको प्रतिनिधिससभा बैठकमा बोल्दै उनले राष्ट्रपति पौडेलले ज्यान मुद्दामा सजाय पाएका नेपालगञ्जका योगराज ढकाल रिगलको कैद मिनाहा गरेको प्रति असन्तुष्टि जनाए । 

राष्ट्रपतिको उक्त कदमको विरोध गर्दै उनले भने, ‘दिनदहाडै बजारमा लखेटीलखेटी खुँडाले मार्ने मान्छेलाई २० वर्ष कैद गरेको छ । दुई चार वर्ष बसेपछि छोडिन्छ । यसले अहिले नेपालगञ्ज र पीडित परिवार आतंकित छ । यस्ता मान्छेलाई छानीछानी किन पुरस्कृत र सम्मानित गरिन्छ ?’


रिगललाई आममाफी दिएको विषयलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले यस विषयमा राष्ट्रपतिलाई भेटेर कुरा पनि गरेको छ । 


Author

थप समाचार
x