संसद्

मुलुकको पुँजी बजार ध्वस्त हुँदा पनि अर्थमन्त्रीलाई चासो छैन : हरि ढकाल

इकागज |
असोज १६, २०८० मंगलबार १८:१ बजे

काठमाडाैँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले पुँजी बजार ध्वस्त हुँदा पनि अर्थमन्त्री डा. प्रकाशशरण महतले चासो नदिएको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले लगानीकर्ताको अर्बौं लगानी डुबिरहँदा पनि अर्थमन्त्री महतले पूँजी बजारबारे चासो नदिएको भन्दै आपत्ति जनाएका हुन् ।


सांसद ढकालले पुँजी बजारका लागि नियमक निकायका रूपमा रहेको धितोपत्र बोर्डले कुनै पनि काम गर्न नसकेको जिकिर गरे । उनले मुलुकको अर्थतन्त्र सुधारका लागि आफूहरूले दिएको सुझावलाई अर्थ मन्त्रालयले सुनुवाइ नगरेको गुनासो समेत गरे ।

सांसद ढकालले भने, ‘सरकारलाई शान्ति सुरक्षाको विशेष ख्याल राख्न म ध्यानाकर्षण गराउन चाहन्छु । देशको आर्थिक अवस्थाको बारेमा यो सदनमा विभिन्न समयमा विभिन्न माननीयज्यूहरूले आवाजहरू उठाई राख्नुभएको छ । देश आर्थिक मन्दीमा जाँदैछ । आर्थिक मन्दीमा धस्सीदैछ । आर्थिक मन्दीमा धस्सीनुका कारणहरूमा उत्खनन कसैले गरेका छैनन् ।'

सांसद ढकालले बैंकहरूका अस्वस्थ प्रतिस्पर्धा र राष्ट्र बैंकका कारणले गर्दा गर्दा लोन प्रवाह हुन नसकेकाे बताएका छन् । 

सांसद ढकालले मुलुकमा सामाजिक सद्‌भाव भड्काउने प्रयास भइरहेको उल्लेख गर्दै सरकारलाई शान्ति सुरक्षाबारे विशेष ख्याल राख्न आग्रह समेत गरे ।


Author

थप समाचार
x