संसद्

महावाणिज्य दूतले जनताको काम गर्दैनन् : सांसद शाही

इकागज |
असोज १८, २०८० बिहीबार १७:४२ बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले विदेशस्थित नेपाली दूतावासले जनताको पक्षमा काम नगरेको बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले विदेशस्थित नेपाली दूतावासले जनताको काम नगरेको बताएका हुन् । उनले हङकङ, मकाओ, अष्ट्रेलिया, साउदी अरब र खाडी मुलुकमा नागरिकहरू दूतावासको ढोका हजार पटक ढकढकाउँदा पनि महावाणिज्य दूतले जनताको काम नगरेको बताए । उनले महावाणिज्य दूतले अर्बपतिको जस्तो जीवन बिताउने गरेको पनि बताए ।


सांसद शाहीले सरकारले समेत जनताको काम नगरेको बताए । उनले मूल्यवृद्धि अचाक्ली बढ्दा पनि सरकारले यसलाई नियन्त्रण गर्न कुनै कदम नचालेको उल्लेख गरे ।

उनले देशका विभिन्न भागमा धार्मिक हिंसा बढ्दै गएको भए पनि सरकार मुकदर्शक भएर बसेको बताए ।

 


Author

थप समाचार
x