विद्यालय चलाउन व्यवस्थापन समितिको आवश्यकता छैन : अमरेश सिंह
काठमाडौँ– प्रतिनिनिधिसभा सदस्य अमरेश सिंहले विद्यालय सञ्चालनका लागि विद्यालय व्यवस्थापन समितिको आवश्यकता नरहेको बताएका छन् । शुक्रबार प्रतिनिनिसभा बैठकमा विद्यालय शिक्षा विधेयकको छलफलमा भाग लिँदै यस्तो बताएका हुन् ।
‘विद्यालयका कति थरीका शिक्षक हुन्छन् ? राहत, स्थायी, पिसिएफ, बालविकास हुन्छन्,’ उनले भने, ‘शिक्षक सेवा आयोग बनेको छ । तर कहिले पनि शिक्षक सेवा आयोगबाट परीक्षा लिँइदैन । जब सम्म व्यवस्थापन समिति खारेज गरिदैन विद्यालय सुर्धिदैन ।’
उनले अगाडि भने, ‘विदेशीले नेपाललाई वर्वाद पार्नका लागि लादिएको हो व्यवस्थापन समिति । त्यो पनि शिक्षा मन्त्रालयलाई घुस खुवाएर । त्यसैले व्यवस्थापन समितिको कुनै पनि आवश्यकता छैन । व्यवस्थापन समितिको लगानी के हो ?’
विद्यालय व्यवस्थापनि समितिलाई शिक्षक नियुक्तिको अधिकार दिइनु गलत भएको उनले बताए । ‘आफ्नो श्रीमती, छोरीलाई नियुक्त गर्नलाई चाहिएको हो ? त्यही भइरहेको छ । व्यवस्थापन समितिलाई जुन नियुक्तिको अधिकार दिइएको छ त्यो आफैँमा गलत हो,’ उनले भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया